विपद् संकटग्रस्त क्षेत्रका सांसद र स्थानीय तह प्रमुखसँग प्रधानमन्त्री बालेनको बैठक « Khabarhub

विपद् संकटग्रस्त क्षेत्रका सांसद र स्थानीय तह प्रमुखसँग प्रधानमन्त्री बालेनको बैठक

भोटेकोशी बाढीपछि सिंहदरबारमा संवाद


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु गरेका छन्।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागिता छ। बैठकमा बाढीपछिको समग्र अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, पुनरुत्थान तथा आगामी रणनीतिबारे गहन छलफल भइरहेको छ।

बैठकमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिका अध्यक्ष विरबल तामाङ र तारकेश्वरका अध्यक्ष शिव अधिकारी सहभागी छन्। यस्तै, रसुवाका उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, कालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमोका अध्यक्ष बुचुङ तामाङ भौतिक रूपमा उपस्थित छन् भने गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले भर्चुअल माध्यमबाट भाग लिएका छन्।

धादिङबाट गल्छीका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) उपस्थित छन्। यस्तै, तनहुँका देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) छलफलमा सहभागी छन्।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ११ : ४१ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता