फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरातअघि कोटाबाटो सहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो । मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्द्वी राजनीतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालाहाल भएको थियो ।

विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ । यो घटना बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद् चयनका लागि सोमबार सुरु भएको निर्वाचनको पूर्वसन्ध्यामा भएको हो । ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यस निर्वाचनमा २० लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य छन् । १३ राजनीतिक दलबाट ८० संसदीय सिटका लागि उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

निर्वाचनलाई लक्षित गर्दै बाङ्सामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रहरूको सुरक्षाका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोलीसमेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १ : ३० बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण