रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति « Khabarhub

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपालले सोमबार सिंहदरबारमा दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै जेन-जी सहिद प्रथम स्मृति दिवस कार्यक्रमलाई अपमान हुनेगरी धितालले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।

सहिद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक क्रान्तिशिखा धितालले सार्वजनिक रूपमा तल्ल स्तरको अभिव्यक्ति दिएको आरोप लगाउदै उनीहरुले सार्वजनिक माफी माग्नुपर्ने जनाएका छन् । जेन-जी सहिद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले सहिद परिवारलाई कहिल्यै कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताए ।

जेन-जी सहिद प्रथम स्मृति दिवसलाई कन्सर्ट रुपमा मनोरञ्जन क्षेत्रसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीडितहरूको भावनामाथि चोट पुर्‍याएको उनले बताए । सांसद धितालको अभिव्यक्तिको पार्टीले गम्भीर समीक्षा गरी आफ्नो संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ ।

साथै सहिद परिवार र घाइते समुदायलाई चोट पुर्‍याउने अभिव्यक्तिविरुद्ध रास्वपाले आवश्यक कदम चाल्नुपर्ने, सहिद तथा घाइतेहरूको योगदानलाई दलीय राजनीतिक स्वार्थ भन्दा माथि राखी राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ४ : ०७ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई