रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति « Khabarhub

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपालले सोमबार सिंहदरबारमा दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै जेन-जी सहिद प्रथम स्मृति दिवस कार्यक्रमलाई अपमान हुनेगरी धितालले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।

सहिद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक क्रान्तिशिखा धितालले सार्वजनिक रूपमा तल्ल स्तरको अभिव्यक्ति दिएको आरोप लगाउदै उनीहरुले सार्वजनिक माफी माग्नुपर्ने जनाएका छन् । जेन-जी सहिद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले सहिद परिवारलाई कहिल्यै कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताए ।

जेन-जी सहिद प्रथम स्मृति दिवसलाई कन्सर्ट रुपमा मनोरञ्जन क्षेत्रसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीडितहरूको भावनामाथि चोट पुर्‍याएको उनले बताए । सांसद धितालको अभिव्यक्तिको पार्टीले गम्भीर समीक्षा गरी आफ्नो संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ ।

साथै सहिद परिवार र घाइते समुदायलाई चोट पुर्‍याउने अभिव्यक्तिविरुद्ध रास्वपाले आवश्यक कदम चाल्नुपर्ने, सहिद तथा घाइतेहरूको योगदानलाई दलीय राजनीतिक स्वार्थ भन्दा माथि राखी राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ४ : ०७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब