कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’ « Khabarhub

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज ३ गतेदेखि सुरु हुने भनिएकोसंस्थापनको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेको छ ।

समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद कुनै व्यक्ति वा समूहको विषय मात्र नभई कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको उल्लेख गरेका छन्।

महाधिवेशनका नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र संगठनात्मक एकतालाई क्षति नपुऱ्याउन आग्रह गर्दै समितिले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विषय विचाराधीन रहेकाले एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने जनाएको छ ।

समितिले असोज ३ गतेबाट विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको ‘तथाकथित अधिवेशन/महाधिवेशन’मा सहभागी नहुन पनि आग्रह गरेको छ । बरु १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशनमा सहभागी भई मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आह्वान गरेको छ ।

समितिका संयोजक कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति वा नेतासँग जोडिएको विषय नभएको बताएका छन् । आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताका आधारमा महाधिवेशन सम्पन्न गर्न प्रयास गरे पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको उनले बताए।

यता संस्थापनइतर समूहकै नेता प्रकाशशरण महतले गगन थापालगायत नेताहरूले सहमतिको प्रयास नगरेको आरोप लगाएका छन् । उनले शेरबहादुर देउवा र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वसँग संवादको प्रयास नगरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारमा बढी जोड दिइएको दाबी गरे ।

‘हामीले धेरै अघि नै समायोजन गरेर महाधिवेशनमा जाऊँ भनेका हौँ । कांग्रेस व्यक्तिगत निगाहले चल्दैन । अहिले पार्टीको घाउमा नुन छर्किने काम भएको छ,’ महतले भने ।

महतले कांग्रेसमा इतर समूहलाई तलदेखि माथिसम्म नेतृत्वमा आएको देख्न नचाहने प्रवृत्ति रहेको आरोपसमेत लगाए । अदालतको निर्णय पर्खिनुको सट्टा राजनीतिक सहमति गरेर अघि बढ्न सकिने अवस्था भए पनि त्यसतर्फ प्रयास नभएको उनको भनाइ छ ।

‘अदालतको प्रक्रियालाई नपर्खियौँ, राजनीतिक सहमति गरेर जाऊँ भन्न सकिन्थ्यो । तर उहाँहरूले सहमतिको बाटो बन्द गरेपछि असोज १५ देखि सुरु भएर मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सहभागी होऔँ भनेका छौँ,’ महतले भने ।

उनले अहिले अर्को पार्टी बनाउन खोजिएको नभई १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वमै नयाँ महाधिवेशन गर्न लागिएको दाबी गरे ।

‘हामीले अहिले अर्को पार्टी बनाउन लागेका होइनौँ । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वमा नयाँ महाधिवेशन गर्दैछौँ । यो महाधिवेशन निष्पक्ष हुन्छ र पार्टीका सबै साथीहरूको भावनालाई समेट्छ,’ उनले भने ।

महतले गगन थापाहरू ‘अपमानजनक बाटो’बाट अघि बढेकाले अब सहमतिको सम्भावना कठिन बनेको दाबी गरे । उनका अनुसार महाधिवेशनको कार्यक्रम स्थगित गरेर एकताको महाधिवेशन गर्ने सहमति भए राजनीतिक विवादसमेत समाधान हुन सक्नेछ । ‘महाधिवेशन कार्यक्रम स्थगित गरेर एकताको महाधिवेशन गरौँ भनेदेखि कुरा मिल्छ । त्यो कुरा नगरी सहमति हुन सक्दैन,’ महतले भने ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ४ : ३१ बजे

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर