आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ « Khabarhub

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर त्रिशूली थ्री ‘ए’ को सुरुङमा अड्किएको १० दिनपछि उद्धार गरिएका व्यक्तिहरूको सैनिक अस्पतालको आईसीयूबाट अन्तर्वार्ता लिइएकोबारे प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण जनाएको छ ।

काउन्सिलले ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलबाट आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई सम्प्रेषण गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो । उक्त च्यानलका सञ्चालक सुरजसिंह ठकुरीले सेनाकै अनमुति लिएर आईसीयुै सन्तोष साह र कवीर महर्जनको अन्तर्वार्ता लिएका थिए ।

यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा भेटिएका एकजना पथप्रदर्शक अस्पतालको आईसीयूमा उपचाररत रहेका बेला अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय पनि काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले दुवै सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ ।

यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचारसमेत गरिएको प्रेस काउन्सिल नेपालले सोमबार भनेको छ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ४ : ५७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना