तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा « Khabarhub

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंकामा ७७ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विगतका घटनाको अध्ययन तथा विश्लेषणका आधारमा तीज पर्वका क्रममा चोरी, लुटपाट, महिला दुर्व्यवहारलगायत अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले सुरक्षा निगरानी बढाएको थियो ।

सोही क्रममा सम्भावित आपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा श्रद्धालु पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार करिब ४५ हजार श्रद्धालुले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका थिए ।

तीजका क्रममा पशुपति क्षेत्रसहित काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीले भिडभाड हुने स्थानमा निगरानी बढाउनुका साथै सम्भावित चोरी, लुटपाट र महिला दुर्व्यवहार नियन्त्रणका लागि सुरक्षा टोली परिचालन गरेको थियो ।

प्रहरीका अनुसार दिनभर काठमाडौंमा कुनै अप्रिय घटना भएन । तीज पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ८ : ५४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब