मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाइ होल्ड « Khabarhub

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाइ होल्ड


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले गम्भीर आरोपसहितको पत्र प्राप्त भएको बताएका हुन् ।

‘झापामा स्थानीयहरूसँग अनुदान मिलाइदिन्छु भनेर लाखौं रुपैयाँ लिएको, राजदूत नियुक्त भएसँगै तिर्न सुरु गरेको, तिर्ने क्रममा रहेको, सामाजिक सञ्जाल पनि धेरै प्रयोग गर्ने, कतिपयसँग पैसा लिएपछि ब्ल्याकलिस्टमा राख्ने गरिएको भनेर केही प्रमाणसहितका उजुरी हामीलाई प्राप्त भएका छन्, व्यक्तिगत रूपमा मलाई ह्वाट्सएपमा प्राप्त भएका छन्’, खत्रीले समितिमा भने ।

खत्रीले लगाएको आरोप भने खरेलले अस्वीकार गरेका छन् ।

प्रस्तावित राजदूत खरेलमाथि गम्भीर आरोप लागेपछि समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाईको प्रक्रियालाई होल्ड गर्ने निर्णय सुनाएका छन् । सोही क्रममा समितिका केही सदस्यले उपसमिति बनाएर अध्ययन गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् यद्यपि सो विषयमा समितिले कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १ : ०३ बजे

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर