काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने बताएका छन् ।
बुधबार काठमाडौंमा लक्ष्मण बहादुर शाहीको आधा अध्याय पुस्तक लोकार्पण गर्दै आचार्यले पार्टीमा व्यक्तिभन्दा पनि पद्धति धेरै महत्त्वपूर्ण हुने बताए ।
उनले पहुँचको भरमा अवसर पाउने प्रवृत्तिको विरोध गर्दै जनताको सेवामा समर्पण गरेकालाई प्राथमिकता दिइने स्पष्ट पारे ।
आन्तरिक मूल्याङ्कनका आधारमा टिकट वितरणको पद्धतिको विकास गर्नुपर्ने उनको भनाइ छ । उनले लोकतन्त्र आफैँमा एउटा पद्धति भएकाले यसले ल्याउने सुधारलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पार्टीभित्रका घात–अंतरघात र विकृतिलाई अन्त्य गरी एकता, सबल सामर्थ्य र योग्यतान्त्रलाई अगाडि बढाउन आफ्नो भूमिका हुने उनको भनाइ छ ।














प्रतिक्रिया