ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै « Khabarhub

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ । सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै नाउर र झारलको गणनाका लागि प्राविधिक तथा आरक्षका कर्मचारीलाई सातवटै सिकार ब्लकमा परिचालन गर्ने तयारी गरिएको छ ।

‘टाउको गन्ने’ विधिबाट नाउर र झारलको गणना गरिने आरक्ष कार्यालयले जनाएको छ । आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात वटा सिकार ब्लक छन् । ती सबै ब्लकमा गणना गरिनेछ ।

आरक्ष कार्यालयका अनुसार यसअघि कोरोनाका कारण नियमित पाँच वर्षमा हुनुपर्ने गणना एक वर्ष ढिलागरी विसं २०७९ मा गरिएको थियो । त्यसबेला एक हजार २९० नाउर र ७४४ झारल फेला परेका थिए ।

गणनामा देखिएको नाउर र झारलको सङ्ख्या, उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा निर्धारण गर्दै आएको छ ।

आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार हाल बर्सेनि १९ देखि २४ नाउर र १४ देखि १९ झारलसम्मको सिकार कोटा निर्धारण हुने गरेको छ । पछिल्लो गणनापछि नाउरको वार्षिक कोटा २० वटामा कायम गरिएको छ ।

‘यसपटकको गणनापछि प्राप्त नतिजाका आधारमा सिकारको कोटा थपघट हुन सक्छ’, रेञ्जर सुवेदीले भने।

गणनाबाट वयस्क नाउर र झारलको सङ्ख्या, भाले तथा पोथीको अनुपात र पाठापाठीको अवस्थासमेत यकिन गरिने उनले बताए। रेञ्जर, भरिया तथा सिकारसम्बन्धी अनुभव भएका स्थानीयवासीको सहभागितामा गणना गरिनेछ ।

नाउर र झारल बाख्रा प्रजातिमा पर्ने वन्यजन्तु हुन् । ढोरपाटनमा प्रत्येक वर्ष असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा वैधानिक सिकार खुला गरिँदै आएको छ । विगतको जस्तै यसपटक पनि चालु आवको पहिलो सिकार याम सुरु भइसकेको छ । यस याममा १० नाउर र सात झारलको सिकारका लागि कोटा निर्धारण गरिएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सिकारका लागि अनुमति पाएका विदेशी सिकारी नेपाल आउनेक्रम सुरु भएको छ । अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायत मुलुकबाट व्यावसायिक सिकारी ढोरपाटन आउने गरेका छन् ।

ढोरपाटन वैधानिक सिकारका लागि विश्वमै परिचित गन्तव्य मानिँदै आएको छ । साहसिक यात्रा र सिकारको अनुभव लिन विदेशी सिकारी हेलिकप्टरमार्फत आरक्ष पुग्ने गरेका छन् । सिकारबाट प्राप्त राजस्व वन्यजन्तु संरक्षण तथा आरक्ष व्यवस्थापनमा महत्वपूर्ण स्रोतका रुपमा रहिआएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  २ : ११ बजे

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको