मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान « Khabarhub

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २८) गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो ।

मनसुन बाहिरिएसँगै आगामी केही दिन मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान गरिएको छ । 

महाशाखाका अनुसार यस वर्ष असार ५ गते नेपालमा मनसुन भित्रिएको थियो । सामान्यतया जुन १३ मा भित्रिने मनसुन अक्टोबर २ मा बाहिरिने गरे पनि यस वर्ष सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो ।

असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागबाट बाहिरिन थालेको मनसुन अहिले देशभरबाट हटेको छ । मनसुन अवधिमा समग्रमा सरदर वर्षा भए पनि भूगोलअनुसार वर्षाको मात्रा फरक रहेको छ । तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिए पनि पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेकाले ध्यान दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ३ : ०० बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार