काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिमा समिति सदस्यहरूले सुनारमाथि परेको महिला हिंसा, आर्थिक लेनदेन, जर्मनीबाट डिपोट गरिएको लगायतका विषयमा प्रश्न राखेका थिए ।
जवाफमा प्रस्तावित राजदूत सुनारले १३ वर्ष पहिले एक अर्काबीच प्रेम सम्बन्ध रहेको र त्यस क्रममा विवाद भएर ललितपुर प्रहरी कार्यालयमा मिलापत्र भएको बताए ।
फोनमा कुराकानी भएको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने काम भएको र आफू विरुद्ध पावर अफ एटर्नी लिएर अर्कै व्यक्तिले लगातार मुद्दा हाल्ने काम भएको उनले बताए ।
उनले आफ्नो नाममा हालसम्म कुनै पनि उजुरी दर्ता नभएको र कुनै पनि फौजदारी कसुरमा दोषी नठहराइएको दाबी गरे । सरुवा बढुवामा ठूलो आर्थिक चलखेल गरेको उजुरीका सन्दर्भमा सुनारले उक्त आरोपहरू पूर्ण रूपमा आधारहीन रहेको र त्यसको कुनै पनि आधिकारिक पुष्टि नभएको तर्क गरे ।
त्यस्तै उनले आफूलाई जर्मनीबाट डिपोट गरिएको विषयमा समेत कुनै सत्यता नरहेको उल्लेख गरे ।














प्रतिक्रिया