आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु « Khabarhub

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका हुन् । आफूले कुनै गलत काम गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

‘माथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘म र मैले गरेको कुनै पनि कु–कर्मको पार्टी, सरकार सती जान पर्दैन।’

सुनारले आफूमाथि लागेको आरोपको अनुसन्धान हुनुपर्नेमा जोड दिँदै यस प्रकरणमा जोडिएकी महिलामाथि भने मिडिया ट्रायल र अतिरञ्जित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाको तस्बिर, अडियो र भिडियो जोडेर विभिन्न टिप्पणी गर्नु अस्वीकार्य भएको उल्लेख गरेका छन्। कुनै गल्ती भएको भए आफूमाथि प्रहरी वा अदालतमार्फत अनुसन्धान र कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ।

‘जे कारबाही हो, म माथि होस्– मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ,’ सुनारले लेखेका छन् । उनले सम्बन्धित महिलाले आफूलाई अन्याय भएको अवस्थामा आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको बताउँदाबताउँदै पनि उनलाई अनावश्यक रूपमा लखेटिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ९ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी