विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य « Khabarhub

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ । संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य गरिएको छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् ।

आर्थिक विकास, यातायात तथा व्यापारमन्त्री मोहम्मद सइदका अनुसार १५ मिलियन अमेरिकी डलरभन्दा कम मूल्यका निर्माण परियोजना र १०० मिलियन डलरभन्दा कम मूल्यका घरजग्गा परियोजनामा विदेशी लगानी गर्न माल्दिभियन नागरिकको कम्तीमा २५ प्रतिशत हिस्सेदारी हुनुपर्नेछ। लेखापरीक्षण र सूचना प्रविधि सेवामा पनि यही नियम लागू हुनेछ ।

त्यस्तै, १०० मिलियन डलरभन्दा कम मूल्यका आवासीय घरजग्गा परियोजना तथा सामान्य समुद्री यातायात सेवाका केही गतिविधि माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् । सन् २०२४ मा लागू भएको विदेशी लगानी ऐनअनुसार ल्याइएको नयाँ व्यवस्थाले करिब १५० विदेशी लगानीमा सञ्चालित व्यवसायलाई समेट्ने मन्त्री सइदले बताएका छन् ।

उनका अनुसार स्थानीय नागरिकका लागि मात्र सुरक्षित गरिएका क्षेत्रमा सञ्चालनमा रहेका २९ विदेशी लगानीका व्यवसाय बन्द भइसकेका छन् भने १७ विदेशी लगानीकर्ताले नयाँ आवश्यकता पूरा गर्न आवेदन दिएका छन्। नयाँ नीतिले थोक तथा खुद्रा व्यापार, लजिस्टिक सेवा तथा माल्दिभ्समा सञ्चालित वायुसेवा कम्पनीका यात्रु र कार्गो बिक्री एजेन्सीलाई समेत समेटेको छ । थोक तथा खुद्रा व्यापारमा सङ्लग्न १७ व्यवसायले स्थानीय सेयरधनीलाई सहभागी गराउन इच्छा देखाएको मन्त्री सइदले जानकारी दिएका छन् ।

नयाँ नियम लागू भएका क्षेत्रमा कार्यरत विदेशी लगानीकर्तालाई व्यवसाय पुनसंरचना गर्न वा सम्बन्धित गतिविधिबाट बाहिरिन समय दिइनेछ। केही क्षेत्रमा भने माल्दिभियन साझेदारसँगको संयुक्त लगानी र साझेदारीको अवसर कायम रहनेछ। आर्थिक मन्त्रालयका अनुसार नयाँ व्यवस्थाको उद्देश्य स्थानीय व्यवसायका लागि अवसर विस्तार गर्नु र आर्थिक विकासमा अन्तरराष्ट्रिय विशेषज्ञताको योगदान लिन सकिने क्षेत्रमा विदेशी लगानीलाई निरन्तरता दिनु हो।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १० : २२ बजे

पर्साबाट चार दिनमा साढे तीन लाखका पटाका बरामद

वीरगन्ज- प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट चार दिनको अवधिमा करिब तीन

नयाँ संसद्सँगै नेतान्याहुलाई राजनीतिक चुनौती थपिँदै

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब

मधेशमा छठ पर्वको तयारी तीव्र

जनकपुरधाम– दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्