काठमाडौँ- यु–१९ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको हो ।
भारतका लागि भाविका अहिरेले सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले समान ३५ तथा इरा जाधवले २६ रनको योगदान गरिन् ।
नेपालका लागि टीका साहले दुई विकेट लिइन् भने रचना चौधरी र आशिका महराले समान एक–एक विकेट हात पारिन् ।
भारत भ्रमणमा रहेको नेपाली टोली शृङ्खलाको पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो ।
आगामी वर्ष आयोजना हुने यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले भारतमा अभ्यास गरिरहेको हो ।














प्रतिक्रिया