तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ ।
इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरेर अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ । तीमध्ये एउटा ठूलो क्षमताको सुपरट्यांकर रहेको जनाइएको छ । तर जहाजको नाम र उत्पत्तिबारे खुलाइएको छैन ।
फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएयता तेहरानले होर्मुजमा आवागमनका लागि आफ्नो अनुमति अनिवार्य रहेको बताउँदै आएको छ । अनुमति नलिएका जहाजमाथि आक्रमणसमेत भएको छ ।
यसैबीच, इरानले रणनीतिक जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएपछि अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ । साथै, उक्त जलमार्ग प्रयोग गर्ने तेल ट्यांकरलाई सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।
पछिल्ला साताहरूमा जलडमरुमा विभिन्न जहाजमा आगलागी तथा विस्फोटका घटना भएको इरानी सेनाले जनाएको छ । शुक्रबार पनि ग्यास बोकेको एक जहाज समुद्री बारुदमा ठोक्किएको भन्दै इरानले धुवाँको मुस्लो देखिएको भिडियो सार्वजनिक गरेको थियो ।
यद्यपि अमेरिकी सेनाले भने जलमार्गका मुख्य आवागमन मार्गबाट समुद्री बारुद हटाइसकेको जनाएको छ ।














प्रतिक्रिया