होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी « Khabarhub

होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ ।

इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरेर अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ । तीमध्ये एउटा ठूलो क्षमताको सुपरट्यांकर रहेको जनाइएको छ । तर जहाजको नाम र उत्पत्तिबारे खुलाइएको छैन ।

फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएयता तेहरानले होर्मुजमा आवागमनका लागि आफ्नो अनुमति अनिवार्य रहेको बताउँदै आएको छ । अनुमति नलिएका जहाजमाथि आक्रमणसमेत भएको छ ।

यसैबीच, इरानले रणनीतिक जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएपछि अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ । साथै, उक्त जलमार्ग प्रयोग गर्ने तेल ट्यांकरलाई सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

पछिल्ला साताहरूमा जलडमरुमा विभिन्न जहाजमा आगलागी तथा विस्फोटका घटना भएको इरानी सेनाले जनाएको छ । शुक्रबार पनि ग्यास बोकेको एक जहाज समुद्री बारुदमा ठोक्किएको भन्दै इरानले धुवाँको मुस्लो देखिएको भिडियो सार्वजनिक गरेको थियो ।

यद्यपि अमेरिकी सेनाले भने जलमार्गका मुख्य आवागमन मार्गबाट समुद्री बारुद हटाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ३ : २० बजे

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन– प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई

होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर

कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच सांसद टर्कीए जाँदै

काठमाडौँ – जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र

छठमा उखुको विशेष महत्व, माग बढ्यो

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको