यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित « Khabarhub

यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ । आज सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनायो ।

नेपालका लागि सावित्री धामीले १९ र तृषना विश्वकर्माले १८ रन जोडिन् । बाँकी नेपाली ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

भारतका लागि बलिङतर्फ मैत्री मनियारले तीन ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक चार विकेट लिइन् । त्यसअघि भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो ।

भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक-एक विकेट लिइन् ।

भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने तालिका छ । नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने यु-१९ विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।
 

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ४ : ११ बजे

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

टर्किए– नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की– माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै

यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित

काठमाडौँ– महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

बारा– लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन