मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत « Khabarhub

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो ।

मुख्यमन्त्री यादवले शनिबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा बहुमत नपाउने अवस्था देखिएपछि पदबाट राजीनामा घोषणा गरेका थिए ।

यसैबीच, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधानको धारा १६९ को उपधारा (३) बमोजिम वर्तमान मन्त्रिपरिषद्लाई निरन्तरता दिइएको उल्लेख छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ४ : २७ बजे

विराटनगरविरुद्ध टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्स

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

टर्किए– नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की– माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै

यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित

काठमाडौँ– महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले