ओलीको चेतावनी- पार्टीमै रहेर अन्य दललाई मत दिए कारवाही गरिने « Khabarhub

ओलीको चेतावनी- पार्टीमै रहेर अन्य दललाई मत दिए कारवाही गरिने


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाणित भए सम्बन्धित सदस्यलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले त्यस्तो गतिविधिमा संलग्न भएको प्रमाण भेटिए सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गरिने स्पष्ट पारे । पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको उनको भनाइ थियो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक निर्वाचनको तयारीमा जुट्नसमेत आग्रह गरे ।

बैठकमा एमाले सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए ।

बैठक आइतबारसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ५ : ०७ बजे

हामी जे बोल्छौँ, त्यही गर्छौं : सभापति लामिछाने

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति

ओलीको चेतावनी- पार्टीमै रहेर अन्य दललाई मत दिए कारवाही गरिने

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, पूजाको तयारी पूरा

कपिलवस्तु- आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० वटै

विराटनगरविरुद्ध टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्स

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको