जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ « Khabarhub

जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशंकामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार, प्रशान्त क्षेत्रका दुई सहयोगी राष्ट्रबीच तनाव बढिरहेका बेला यो घटना भएको हो ।

ओकिनावा टापुमा अमेरिकी मरिन सैनिक संलग्न रहेको आरोप लागेको हत्याको घटनापछि स्थानीय स्तरमा व्यापक आक्रोश उत्पन्न भएको थियो । उक्त घटनापछि अमेरिकी सैनिकबाट हुने अपराध नियन्त्रणका उपाय अपनाउन टोकियो र वासिङ्टन सहमत भएको एक साता नबित्दै पछिल्लो गिरफ्तारी भएको हो ।

जापानमा अमेरिकी सेनाका करिब ५४ हजार सैनिक तथा कर्मचारी तैनाथ छन् । तीमध्ये अधिकांश ओकिनावामा कार्यरत छन् । अमेरिकी सैनिकबाट हुने आपराधिक घटनाहरू लामो समयदेखि जापान र अमेरिकाबीचको सुरक्षा सम्बन्धमा चुनौतीका रूपमा रहँदै आएका छन् ।

अमेरिकी अधिकारीहरूले गत साता तल्लो तहका सैनिकका लागि लागू गरिएको रात्रिकालीन कफ्‍‍र्यू डिसेम्बर ७ सम्म लम्ब्याउने घोषणा गरेका थिए । यसका साथै, मध्यरातदेखि बिहान ५ बजेसम्म सैनिकहरूलाई घरबाहिर मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

ओकिनावा प्रिफेक्चरल प्रहरीका प्रवक्ताका अनुसार, शनिबार बिहान करिब ३ बजेर ९ मिनेटमा ओकिनावा सहरको सडकमा गाडी चलाइरहेका २७ वर्षीय अमेरिकी वायुसेनाका क्याप्टेनलाई पक्राउ गरिएको हो ।

ती क्याप्टेनले अमेरिकी अधिकारीहरूले लागू गरेको कफ्‍‍र्यू उल्लङ्घन गरे वा नगरेको भन्नेबारे भने अझै स्पष्ट भइसकेको छैन । क्योदो न्युजका अनुसार, पक्राउ परेका क्याप्टेन ओकिनावास्थित कादेना एयर बेसमा कार्यरत थिए ।

यस घटनाबारे प्रतिक्रिया लिन उक्त सैन्य आधारका अधिकारीहरूसँग तत्काल सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ६ : ०४ बजे

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा

रानीकोट गढीको उत्खनन  फेरि सुरु गर्न मुख्यमन्त्रीको आग्रह

भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नौ वर्षदेखि रोकिएको भक्तपुरस्थित ऐतिहासिक

जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

टोकियो– जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशंकामा

जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

अन्ताल्या- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी

पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा

ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू अब कुनै