आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार सन् २०२६ जनवरी १४ तारिख । माघ कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : धनलक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ । परिवारको साथ मिल्नेछ ।

मिथुन : बोल्दा धेरै पटक सोच्नुपर्नेछ । तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन् । अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ । जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ ।

कर्कट : स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ ।

सिंह : शत्रु बढ्नेछन् । आज खर्च बढ्नाले मन अशान्त बन्नेछ । लामो यात्रामा ननिस्कनु उचित हुनेछ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । पारिवारिक मेलमिलाप हुनेछ ।

तुला : तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ । स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : दिन राम्रो छ । ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ । स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

धनु : समय सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ ।

मकर : आज साथीले असहयोग गर्नेछन् । ठुलो सम्पत्ति खर्च नगर्नु राम्रो हुनेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता छ । आलस्यता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुक्र तपाईंको लग्नमा पुगेकाले महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ । शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ ।

मीन : दिन राम्रो छ । स्वदेशमै सेवाको अवसर मिल्नेछ । समाजसेवामा समय बिताउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग परेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ३३ बजे

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्