बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : १५ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई