मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी « Khabarhub

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा मध्यमार्गी मोडलमासमेत सकारात्मक नभएको आफू समर्थक नेतालाई ब्रिफिङ गरेका छन्।

कांग्रेस सभापति देउवासँगको वार्ताबाट बाहिरिएपछि महामन्त्रीद्वयले उक्त ब्रिफिङ गरेको नेताहरूको दाबी छ ।

‘मध्यमार्गी मोडलमासमेत सभापति देउवा सकारात्मक नभएको अवस्था छ, साथीहरू अहिले हामी वार्ताबाट निस्केका छौँ । पुनः हामीले राखेको शर्तमा उहाँको मन्जुर हुन्छ भने वार्तामा बोलाउनु भनेका छौँ,’ महामन्त्रीद्वयको भनाइ उधृत गर्दै एक नेताले भने ।

वार्तामा सहभागी महामन्त्रीले समूहमा ब्रिफिङ गरेको जानकारी गराउँदै ती नेताले भने, ‘निर्वाचनको टिकटमा सभापति देउवाले हस्ताक्षर नगर्ने विषयमा सभापति नरम देखिनुभएको छ । अरु कुराहरू मिल्न बाँकी छ उहाँ राजीनामा दिन तयार हुनुहुन्न रे  ।’

हिजो दिउँसो र रातभर चलेका वार्ता निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री थापा र शर्मालाई आज बिहान छलफलका लागि बोलाएका थिए ।

ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

सभापतिसँग निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर निर्वाचनमार्फत नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : २० बजे

एकीकृत परिवार योजना शिविर : महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा– पछिल्ला वर्षहरूमा धनुषास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई

बद्री पाण्डे भन्छन् : सहमतिको बिन्दु भेटिन्छ, शीर्ष तहबाट कुरा टुङ्गिनेमा विश्वस्त छौँ

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने

मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै