काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको छ । चाँदी आज प्रतितोला ३१५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।













प्रतिक्रिया