काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन दर्ता सकिएको छ।
सभापतिसहित केन्द्रीय कार्यसमिति सदस्यसम्मका पदहरूमा उम्मेदवारीले मनोनय गराउने काम सकेका हुन् ।
मनोयन दर्ता सकिएसँगै बुधबारबाटै निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ। विद्युती मतदान मेशिनमा भोट हाल्ने गरी व्यवस्था गरिएको निर्वाचन कमिटी संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।
मनोनयन दर्ता सकिएसँगै महाधिवेशन प्रतिनिधिहरू मतदानको प्रतिक्षा गरेर बसेका छन्। अहिले भृकुटीमण्डपमा घाम लागेसँगै महाधिवेशन प्रतिनिधिहरूलाई केही राहत पनि भएको छ।
तस्बिरहरू : अस्मिता पराजुली






















प्रतिक्रिया