भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि « Khabarhub

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’को मंगलबार साँझ न्यूरोडको एक हलमा प्रिमियर भएको छ ।

प्रिमियर स्थलमा सौगात राष्ट्रिय पोसाक दौरा सुरुवाल र श्रृष्टि नेवारी पहिरनमा पुगेकी थिइन् । उनीहरुको पहिरन आकषर्णको विषय बनेको थियो ।

प्रिमियरमा पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेतलगायतका स्टार अनुहारको पनि उपस्थिति थियो ।

प्रिमियरपछि सिसनले एक फरक खालको फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘नयाँ विषयवस्तुमा बनेको छ । यो फिल्म म सबैलाई हेर्न सिफारिस गर्छु ।’

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र श्रृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

‘भाइरल गोर्खे’को निर्देशन निगम श्रेष्ठले गरेका हुन् । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता हुन् ।

थप तस्बिरहरु :

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३८ बजे

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न