बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए « Khabarhub

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि सार्वजनिक गरेका छन्। दुबईमा आयोजित आफ्नो आगामी साहसिक सिरिज ‘पोल टु पोल विथ विल स्मिथ’ को मिडल इस्ट प्रिमियरका क्रममा उनले भारतीय फिल्म उद्योगमा काम गर्ने इच्छा खुलेर व्यक्त गरेका हुन्।

गल्फ न्यूजसँगको अन्तरवार्तामा स्मिथले हिन्दी फिल्म उद्योगका शीर्ष कलाकारहरूसँग सिर्जनात्मक सहकार्यका लागि आफू निरन्तर इच्छुक रहेको बताए। भविष्यमा कुनै बलिउड फिल्ममा देखिने सपना अझै अधुरै रहेको उल्लेख गर्दै उनले त्यसप्रति उत्साह कायमै रहेको स्पष्ट पारे।

यसै क्रममा उनले बलिउडका ‘किङ खान’ शाहरुख खानको खुलेर प्रशंसा गरे। आफूले प्रत्यक्ष रूपमा शाहरुखसँग फिल्ममा काम गर्ने चाहना व्यक्त गरिसकेको खुलासा गर्दै स्मिथले भने, ‘म शाहरुखले मलाई कुनै प्रोजेक्टमा राखून् भन्ने चाहन्छु।’ उनको यो अभिव्यक्तिले हलिउड–बलिउड सहकार्यको चर्चा फेरि तातिएको छ।

हाल शाहरुख खान निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म ‘किंग’ को छायांकनमा व्यस्त छन्। फिल्ममा उनकी छोरी सुहाना खान, दीपिका पादुकोणलगायत चर्चित कलाकारको अभिनय रहनेछ। यो फिल्म यसै वर्ष सिनेमाघरमा प्रदर्शन हुने अपेक्षा गरिएको छ।

विल स्मिथले यसअघि सलमान खान र अमिताभ बच्चनसँग पनि फिल्मका विषयमा छलफल भएको बताए। तर आपसी चासो हुँदाहुँदै पनि ती योजनाहरू अन्तिम रूपमा पर्दामा आउन नसकेको उनको भनाइ छ।

बलिउड सपना सँगसँगै स्मिथ अहिले आफ्नो नयाँ सिरिज ‘पोल टु पोल विथ विल स्मिथ’ को रिलिज तयारीमा छन्। नेशनल जियोग्राफिकका लागि तयार पारिएको यो साहसिक सिरिजमा उनले १०० दिनभित्र विश्वभरका जोखिमपूर्ण र चुनौतीपूर्ण यात्राहरू पार गर्ने प्रयास देखिनेछ। यो सिरिज जनवरी १३ देखि प्रसारण हुने तय भएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : २१ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज