देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ « Khabarhub

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापासँगको छलफलमा आफूले कानुनी जटिलता नखोजेको बताएका छन् ।

देउवाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवारी प्रक्रियामा आफ्नो हस्ताक्षर प्रयोग भइसकेको उल्लेख गर्दै उनले प्रत्यक्षतर्फको टिकटमा अर्काको हस्ताक्षर प्रयोग गर्न कानुनले मिल्ने भए तयार रहेको बताएका छन्।

‘राष्ट्रिय सभामा मेरो हस्ताक्षरबाट साथीहरूले उम्मेदवारी दर्ता गरिसक्नु भएको छ। प्रतिनिधिसभाको बन्दसूचीमा पनि मेरै हस्ताक्षर गएको छ,’ देउवाको भनाइ उद्धृत गर्दै वार्ता समितिमा रहेका संस्थापन पक्षीय एक नेताले बताए। 

उनले थपे, ‘अब प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार बनाउन मिल्छ भने म तयार छु। निर्वाचन आयोग र कानुनका जानकारसँग निर्क्यौल गरौँ।’

नेतृत्व हस्तान्तरणका विषयमा पनि देउवाले आफ्नो धारणा प्रष्ट पारेका छन्। केन्द्रीय कार्यसम्पादन समितिले वैशाख १५ गते नेतृत्वसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको स्मरण गराउँदै उनले आफूले नेतृत्व छोड्ने कुरा सार्वजनिक रूपमै भनिसकेको बताए।

 ‘विधानअनुसार पनि म उम्मेदवार बन्न मिल्दिनँ। तीन महिनामा के नै हुन्छ र?’ देउवाको भनाइ थियो।

देउवाको भनाइ सुनेपछि महामन्त्रीहरू विषयमा साथीहरूसँग थप छलफल गर्नुपर्ने भन्दै महाराजगञ्जबाट बाहिरिएका थिए। वार्ता समितिमा रहेका संस्थापन पक्षीय नेताका अनुसार छलफल अझै जारी रहने र कानुनी तथा प्रक्रियागत पक्ष टुंग्याएर अघि बढ्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ५९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित