मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा  « Khabarhub

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 



जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व तिललाई केवल एक सामान्य गेडागुडी नभई ‘सुपर फुड’ वा ‘म्याजिक फुड’ पनि हो । 

विशेष गरी जाडोयाममा र माघे संक्रान्तिका बेला नेपाली भान्सामा तिलको लड्डु वा अचार खाने परम्परा छ। हाम्रा पुर्खाहरूले चलाएको यो चलन वैज्ञानिक दृष्टिकोणले समेत निकै बुद्धिमानीपूर्ण रहेको पुष्टि हुन्छ । 

जाडोमा जोर्नी दुख्ने, बाथ रोग बल्झिने र रोग प्रतिरोधात्मक क्षमता कम हुने समस्यालाई तिलले प्राकृतिक रूपमै समाधान गर्न मद्दत गर्छ ।

तिल सेवनका १० वटा चमत्कारी फाइदा 

– फाइबरको भण्डार

तिलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणालीलाई तन्दुरुस्त राख्न मात्र नभई मुटु रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल र आन्द्राको क्यान्सरको जोखिमलाई समेत कम गर्न मद्दत गर्छ ।

– कोलेस्ट्रोल र ट्राइग्लिसराइड नियन्त्रण

यसमा पाइने ‘लिग्नेन्स’ र ‘फाइटोस्टेरोल’ जस्ता तत्त्वहरूले रगतमा रहेको खराब बोसो र ट्राइग्लिसराइड घटाउन मद्दत गर्छन्, जसले मुटुलाई स्वस्थ राख्छ ।

– प्रोटिनको उत्कृष्ट स्रोत

शाकाहारी भोजन गर्नेहरूका लागि तिल प्रोटिन र आवश्यक एमिनो एसिडको भरपर्दो स्रोत हो । यसले शरीरलाई आवश्यक ऊर्जा र मांसपेशी निर्माणमा सघाउँछ ।

– रक्तचाप र मुटुको सुरक्षा

तिलमा म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ। यसले रक्तनलीलाई कडा हुनबाट जोगाउँछ, सुन्निने समस्या कम गर्छ र रक्तचापलाई सन्तुलित राख्न मद्दत गर्छ ।

– हाडजोर्नीका लागि वरदान

जाडोमा जोर्नी र हड्डी दुख्ने समस्या धेरैलाई हुन्छ । तिलमा क्याल्सियम, म्याग्नेसियम, म्यागजिन र जिंकजस्ता खनिजहरू प्रशस्त हुन्छन्, जसले हड्डी र जोर्नीलाई बलियो बनाउँछ ।

– इन्फ्लामेसन कम गर्छ

शरीरभित्र हुने विभिन्न सुन्निने प्रक्रिया (इन्फ्लामेसन) ले मुटु रोगदेखि क्यान्सरसम्म निम्त्याउन सक्छ। तिलको नियमित सेवनले यस्तो इन्फ्लामेसन कम गर्छ र बाथ रोगीलाई विशेष फाइदा पुर्‍याउँछ ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

जाडोमा रुघाखोकी र संक्रमणको डर हुन्छ। तिलमा पाइने जिंक, सेलेनियम, कपर, भिटामिन बी ९६ र भिटामिन ई ले शरीरको इम्युनिटी पावर (रोगसँग लड्ने क्षमता)बढाउँछ ।

– भिटामिन बी को स्रोत

यसमा भिटामिन बी १, बी.३ र बी ६ पाइन्छ । शरीरको मेटाबोलिजम (पाचन प्रक्रिया) र मुखमा आउने घाउखटिरा नियन्त्रण गर्न यी भिटामिनहरू आवश्यक हुन्छन् ।

– रगतको कमी हुन दिँदैन

रक्तकोष निर्माणका लागि आवश्यक आइरन, कपर र भिटामिन बी९६ तिलमा पाइन्छ। यसले शरीरमा रगतको कमी (एनिमिया) हुनबाट जोगाउँछ र हेमोग्लोबिन बढाउँछ ।

– रजोनिवृत्तिमा सहजता

महिलाहरूमा उमेर बढ्दै जाँदा महिनावारी सुक्ने बेला देखिने शारीरिक र मानसिक समस्याहरूलाई सन्तुलनमा राख्न तिलमा पाइने प्लान्ट हर्मोनले मद्दत गर्छ ।
तिल कसरी खाने ? 

तिललाई राम्रोसँग पखाल्ने र सुकाउने । 

तावामा हल्का रातो हुने गरी भुट्ने ।

यसलाई पिसेर धुलो बनाउने ।

स्वादअनुसार नुन, खुर्सानी राख्ने र कागती निचोरेर अचार वा छोपको रूपमा नियमित खाने । कागती मिसाउँदा यसको स्वाद र गुण दुवै बढ्छ ।

तिल खानु रोग लाग्न नदिन र शरीरलाई स्वस्थ राख्नका लागि महत्त्वपूर्ण रहेको छ । तर, रोग लागिसकेपछि यसैले मात्र पूर्ण निको नहुने हुँदा यसलाई जीवनशैलीको अभिन्न अङ्ग बनाउन सकिन्छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : १६ बजे

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री

तनहु– गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले