‘देउवाले हठ गरेर बस्नुको ‍औचित्य छैन, विशेष महाधिवेशनले बहुमत जुटाइसकेको छ’ « Khabarhub

‘देउवाले हठ गरेर बस्नुको ‍औचित्य छैन, विशेष महाधिवेशनले बहुमत जुटाइसकेको छ’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – नेपाली कांग्रेस विभाजनको मुखमा पुगेको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच कुरा नमिल्दा कांग्रेस इतिहासमै तेस्रो पटक फुटनजिक पुगेको छ।

विशेष महाधिवेशनका मागकर्ताहरू सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बिदा गर्ने तयारीमा छन् । तर उनी नेतृत्व नछाड्ने र संसदीय चुनाव पनि लड्ने अडानमा छन् ।

विशेष महाधिवेशन पक्षधर धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमला पार्टीको नेतृत्व नै परिवर्तन गरिने बताउँछन् । उनी विशेष महाधिवेशनले नीति परिमार्जन गरी नेतृत्व पनि फेर्ने अन्तिम तयारी थालेको बताउँछन् ।

उनका अनुसार अहिले पनि पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उच्चस्तरीय टोलीसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच वार्ता चलिरहेको छ ।

विशेष महाधिवेशनले पार्टीका सबै नीतिहरू परिमार्जन गरेर अनुमोदन गराउने र त्यसपछि नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारे।

‘यो लामो ऐतिहासिक पार्टीले हिजो तपाईंहरूलाई केन्द्रीय तहमा सभापति र केन्द्रीय कार्यसमिति सदस्य बनाएर पठायो। आज तिनै साथीहरूले विधानअनुसार विशेष महाधिवेशनको माग गरेर बहुमतबाट अनुमोदन गरिसकेका छन्। यस्तो अवस्थामा हठ गरेर बस्नुको कुनै औचित्य छैन’, उनी भन्छन् ।

धमलाले पार्टीलाई एकताबद्ध राख्दै नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे । ‘पार्टीलाई अँगालेर पराकिलो छाती बनाएर आइदिनुहोस्। यदि उहाँहरू आउनुभएन भने विशेष महाधिवेशनले कार्यतालिकाअनुसार नयाँ नेतृत्व चयन गर्छ। त्यो प्रक्रिया निर्वाचन आयोगमा बुझाउने काम सम्पन्न हुन्छ’, उनले भने ।

पार्टी विभाजन हुने हो कि भन्ने पत्रकारको प्रश्नलाई उनले अस्वीकार गरे। ‘यो महाधिवेशन प्रतिनिधिहरूले बोलाएको सम्मेलन हो। यसबाट पार्टी फुट्दैन। बहुमतको प्रक्रियाले हिजो उहाँहरूलाई जिम्मेवारीमा पुर्‍याएको हो, आज पनि कार्यशैलीप्रति आपत्ति जनाउँदै छिटो महाधिवेशन गर्नुपर्ने माग गरिएको हो’, उनले भने, ‘विधानअनुसार गरिएको निर्णयले पार्टी फुट्दैन। बहुमत स्वीकार्न नसक्नेहरू आफैँ किनारा लाग्छन् ।’

उनले विशेष महाधिवेशनका लागि निर्वाचनको सम्पूर्ण तयारी भइसकेको दाबी पनि गरे। ‘कांग्रेस चुनावबाट बाहिरियो भन्ने हल्ला फैल्याए पनि देशभरका महाधिवेशन प्रतिनिधिबीचको एकता, उत्साह र साहसले निर्वाचनलाई सहयोग पुग्ने काम अगाडि बढिरहेको छ,’ धमलाले भने ।

प्रस्तुति : अस्मिता पराजुली

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : २४ बजे

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि