करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग « Khabarhub

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको छ ।

सङ्घका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई ज्ञापन पत्र बुझाउँदै करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरका हुन् । 

सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ बमोजिम करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महँगी भत्तालगायत अन्य सुविधा उपलब्ध गराउन आग्रह गर्दै सङ्घले मन्त्री गौतमलाई ज्ञापनपत्र बुझाएको हो । 

मन्त्रालयले नेपाल सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ जारी गरेको छ । तर, उक्त निर्देशिकामा महँगी भत्ताको विषयमा भने स्पष्ट रुपमा उल्लेख नभएको सङ्घले जनाएको  छ।

चिकित्सकको मनोबल उच्च राख्न करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयले यथाशीघ्र निर्देशन दिन सङ्घको माग छ । 

साथै महँगी एवं अन्य भत्ता उपलब्ध गराउने सम्बन्धमा आवश्यक नीति स्पष्ट गर्दै सबै सरकारी स्वास्थ्य संस्थामा एकरूपता हुने गरी कार्यान्वयन गर्न सङ्घको माग छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ०१ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र