करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग « Khabarhub

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको छ ।

सङ्घका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई ज्ञापन पत्र बुझाउँदै करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरका हुन् । 

सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ बमोजिम करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महँगी भत्तालगायत अन्य सुविधा उपलब्ध गराउन आग्रह गर्दै सङ्घले मन्त्री गौतमलाई ज्ञापनपत्र बुझाएको हो । 

मन्त्रालयले नेपाल सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ जारी गरेको छ । तर, उक्त निर्देशिकामा महँगी भत्ताको विषयमा भने स्पष्ट रुपमा उल्लेख नभएको सङ्घले जनाएको  छ।

चिकित्सकको मनोबल उच्च राख्न करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयले यथाशीघ्र निर्देशन दिन सङ्घको माग छ । 

साथै महँगी एवं अन्य भत्ता उपलब्ध गराउने सम्बन्धमा आवश्यक नीति स्पष्ट गर्दै सबै सरकारी स्वास्थ्य संस्थामा एकरूपता हुने गरी कार्यान्वयन गर्न सङ्घको माग छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ०१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित