सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो « Khabarhub

कांग्रेस जोगाउने अन्तिम कसरत

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको छ।

चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको चयनले गति लिइरहेको अवस्थामा वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरेका हुन् ।

एकजना नेता मधु आचार्यका अनुसार सहमतिका लागि आठ बुँदे प्रस्ताव गरिएको छ । सहमतिको बिन्दु तयार गर्न महामन्त्री शर्माले फेरि सभापति शेरबहादुर देउवालाई भेट्न लागेका आचार्यले बताएका छन् ।

सहमतिका ती बुँदामा गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार रहने प्रस्ताव अगाडि सारिएको छ।

‘तत्काल सभापति देउवाले नेतृत्व छोडेर निर्वाचनपछाडि गगन थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव विश्वप्रकाशले लिएर देउवा कहाँ जानुभएको छ’, काङ्ग्रेसका ती नेताले भने, ‘अन्तिम पटक सहमतिको बिन्दु खोजिरहेका छौँ । नभए निर्वाचनबाट नयाँ नेतृत्व चुनिन्छ ।’

के छ ८ बुँदामा

१) कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने,
२) विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने,
३) प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने,
४) चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने,
५) टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने,
६) निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने,
७) उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने,
८) विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ०४ बजे

अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

काठमाडौं– मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा

‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित

काठमाडौं– बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान लाई

कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान

काठमाडौं- नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री