सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु « Khabarhub

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ। बैठकमा संस्थापन पक्षका नेताहरू सहभागी छन्।

बिहान ८ बजे बस्ने गरी तय गरिएको बैठक दिउँसो सुरु भएको हो। बैठकले दोस्रो विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाही गर्ने तयारी गरेको बताइएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले केही बेरमै बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको प्रक्रियामा अघि बढ्ने जानकारी दिएका छन्।

बरालका अनुसार महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी नदिई विश्राम गर्नुपर्ने शर्त राखेका थिए। अन्य विषयमा सहमति जुट्ने संकेत देखिए पनि देउवाले नेतृत्व नछाड्ने अडान लिएपछि सहमति हुन नसकेको उनको भनाइ छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : २५ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र