सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु « Khabarhub

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ। बैठकमा संस्थापन पक्षका नेताहरू सहभागी छन्।

बिहान ८ बजे बस्ने गरी तय गरिएको बैठक दिउँसो सुरु भएको हो। बैठकले दोस्रो विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाही गर्ने तयारी गरेको बताइएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले केही बेरमै बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको प्रक्रियामा अघि बढ्ने जानकारी दिएका छन्।

बरालका अनुसार महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी नदिई विश्राम गर्नुपर्ने शर्त राखेका थिए। अन्य विषयमा सहमति जुट्ने संकेत देखिए पनि देउवाले नेतृत्व नछाड्ने अडान लिएपछि सहमति हुन नसकेको उनको भनाइ छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : २५ बजे

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको