काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा जुटेको प्रहरीले खुर्कोट बजारबाट गयराति ६० हजार अमेरिकी डलर बरामद गरेको छ ।
काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको सुमो गाडीबाट ६० हजार डलर बराबरको रकम फेला परेको हो ।
मंगलबार राति करिब ११ बजे गोलन्जोर गाउँपालिका–७ खुर्कोटको माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधन जाँचका क्रममा स्रोत नखुलेको विदेशी मुद्रा फेला परेको हो।
टाटा सुमोमा सवार झापा मेचीनगर नगरपालिका–३ निवासी करिब ३४ वर्षीय युवराज नेवारसँग रहेको कालो झोलाबाट ५७ हजार अमेरिकी डलर (१०० दरका ५७० थान) तथा १२ हजार नेपाली रुपैयाँ (१००० दरका १२ थान) बरामद गरिएको हो।
सिन्धुली प्रहरीले सबै जनशक्ति बैंक लुटपाटको अनुसन्धानमा खटाएको थियो । तर त्यही क्रममा झापा जाँदै गरेको सुमोमा उक्त डलर बरामद भएको हो ।
डलर बरामद भएको सुमो गाडी र व्यक्तिलाई खुर्कोट प्रहरीको हिरासतमा राखिएको छ । डलर भेटिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ।













प्रतिक्रिया