‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल « Khabarhub

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका रोहित कट्टेल ‘मिरमिरे’मा कार्यकारी निर्माताको जिम्मेवारीमा छन् ।

‘आरआर फिल्मस्’ सञ्चालकसमेत रहेका रोहित यो फिल्ममा वितरकसहित कार्यकारीको थप जिम्मेवारीमा छन् ।

माघ १ गते प्रदर्शनमा आउने यस फिल्ममा नायक दयाहाङ राई र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा छन् । गायकसमेत रहेका प्रकाश सुपुत यसको मुख्य कलाकार हुन् ।

आम नेपालीको घरको कथा पर्दामा उतार्ने उद्देश्यले ‘मिरमिर’मा फरक जिम्मेवारीमका बनेको रोहित बताउँछन् ।

‘मिरमिरे’बारे उनी भन्छन्, ‘यो फिल्मको कथा सबै नेपाली घरको हो । एउटा राम्रो कथाको फिल्ममा निर्माताको प्रस्ताव आउँदा अस्वीकार गर्ने कारण छैन ।’

भावुक बनाउने बुवा–छोरी कथाले आफू निर्माता बन्नुको प्रमुख कारण रहेको उनको भनाइ छ । थप्छन्, ‘मलाई बुवा–छोरीको भावनात्मक उत्तारचढावले निकै छोयो ।’

यस्तै राम्रो कथा भएको फिल्मबाट प्रस्ताव आए पनि अन्यमा पनि निर्माता बन्ने आफू तयार रहेको उनी बताउँछन् ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा यसका निर्माता हुन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : २० बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा