काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका रोहित कट्टेल ‘मिरमिरे’मा कार्यकारी निर्माताको जिम्मेवारीमा छन् ।
‘आरआर फिल्मस्’ सञ्चालकसमेत रहेका रोहित यो फिल्ममा वितरकसहित कार्यकारीको थप जिम्मेवारीमा छन् ।
माघ १ गते प्रदर्शनमा आउने यस फिल्ममा नायक दयाहाङ राई र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा छन् । गायकसमेत रहेका प्रकाश सुपुत यसको मुख्य कलाकार हुन् ।
आम नेपालीको घरको कथा पर्दामा उतार्ने उद्देश्यले ‘मिरमिर’मा फरक जिम्मेवारीमका बनेको रोहित बताउँछन् ।
‘मिरमिरे’बारे उनी भन्छन्, ‘यो फिल्मको कथा सबै नेपाली घरको हो । एउटा राम्रो कथाको फिल्ममा निर्माताको प्रस्ताव आउँदा अस्वीकार गर्ने कारण छैन ।’
भावुक बनाउने बुवा–छोरी कथाले आफू निर्माता बन्नुको प्रमुख कारण रहेको उनको भनाइ छ । थप्छन्, ‘मलाई बुवा–छोरीको भावनात्मक उत्तारचढावले निकै छोयो ।’
यस्तै राम्रो कथा भएको फिल्मबाट प्रस्ताव आए पनि अन्यमा पनि निर्माता बन्ने आफू तयार रहेको उनी बताउँछन् ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा यसका निर्माता हुन् ।













प्रतिक्रिया