विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो « Khabarhub

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको ८ बुँदे प्रस्ताव लिएर महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्नेसहितका ८ बुँदे प्रस्ताव लिएर संस्थापनसँग वार्ताका लागि महामन्त्री शर्मा सानेपा पुगेका हुन्।

सानेपामा संस्थापनले केन्द्रीय कार्यसमिति राखेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको अर्को तयारी पनि गरिरहेको छ ।

चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन अघि बढिरहँदा शर्माले अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरेका हुन् । उनी त्यो प्रस्ताव लिएर अहिले सानेपा पुगेका छन् ।

जहाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका संस्थापन पक्षीय नेताहरू कुरिरहेका छन् । त्यहाँ मध्यमार्गी धार समातेका नेता डा. शेखर कोइराला पनि छन् ।

संस्थापनसँग विश्वप्रकाशले संवाद गर्ने भएपछि विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका अपराह्न ४ बाजेसम्मलाई सारिएको छ ।

विशेष महाधिवेशनमा सभापतिका लागि गगनको मात्रै उम्मेदवारी परेको छ। उता महामन्त्रीका विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।

विशेष महाधिवेशन पक्षले सबै पदाधिकारी र केन्द्रीय कार्यसमिति सर्वसम्मत गर्ने तयारी गरेको छ। सर्वसम्मत नेतृत्व चयनपछि विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा जाने तयारीमा छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ५० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र