विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो « Khabarhub

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको ८ बुँदे प्रस्ताव लिएर महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्नेसहितका ८ बुँदे प्रस्ताव लिएर संस्थापनसँग वार्ताका लागि महामन्त्री शर्मा सानेपा पुगेका हुन्।

सानेपामा संस्थापनले केन्द्रीय कार्यसमिति राखेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको अर्को तयारी पनि गरिरहेको छ ।

चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन अघि बढिरहँदा शर्माले अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरेका हुन् । उनी त्यो प्रस्ताव लिएर अहिले सानेपा पुगेका छन् ।

जहाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका संस्थापन पक्षीय नेताहरू कुरिरहेका छन् । त्यहाँ मध्यमार्गी धार समातेका नेता डा. शेखर कोइराला पनि छन् ।

संस्थापनसँग विश्वप्रकाशले संवाद गर्ने भएपछि विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका अपराह्न ४ बाजेसम्मलाई सारिएको छ ।

विशेष महाधिवेशनमा सभापतिका लागि गगनको मात्रै उम्मेदवारी परेको छ। उता महामन्त्रीका विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।

विशेष महाधिवेशन पक्षले सबै पदाधिकारी र केन्द्रीय कार्यसमिति सर्वसम्मत गर्ने तयारी गरेको छ। सर्वसम्मत नेतृत्व चयनपछि विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा जाने तयारीमा छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ५० बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली