बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’ « Khabarhub

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार राति करिब ७:४५ बजे तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट भएको छ।

प्रहरीका अनुसार बैंकमा हतियारसहित प्रवेश गरेका लुटेराहरूले सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर नगद रकम लुटेका थिए। यो घटनामा संलग्नले काभ्रेको बनेपाबाट टाटासुमो रिजर्भ गरेर सिन्धुली पुगेको खुलेको छ।

घटनामा लुटपाटमा संलग्न कम्तिमा ६ जनाको समूह रहेको प्रहरीले जनाएको छ। लुटपाटका क्रममा बैंकका गार्ड रुद्रबहादुर कार्कीलाई खुकुरी प्रहार गरी घाइते बनाइएको थियो। लुटेराहरूले केही रकम जंगलमा फालेर भागेका थिए भने केही रकम सुमोमै छोडिएको पाइएको छ।

बैंकको रकम लुटेर जंगल तर्फ भागेकाहरूलाई पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदी बताउँछन् । उनकाअनुसार उनीहरूलाई जंगलबाट पक्राउ गरी प्रहरी कार्यालयमा ल्याउन लागिएको छ ।

प्रहरीका अनुसार लुटपाटमा प्रयोग भएको टाढा सुमो जीप (बीएडी ०३९८) र चालक भवत सिंह थापा नियन्त्रणमा आएका छन्। सुमो बनेपाबाट रिजर्भ गरी सिन्धुली पुर्‍याइएको थियो। थप चार लुटेरालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ।

स्थानीयहरूको सहयोगमा लुटेराहरू जंगलमा पसेर भाग्दा भोक लागेपछि चाउचाउ किन्न पसल पुगेका बेला पक्राउ परेका थिए। स्थानीय र प्रहरी मिलेर उनीहरूलाई नियन्त्रणमा लिएको छ।

पूर्ववडाध्यक्ष रामकाजी वाइबाका अनुसार बैंक लुट्न प्रयोग गरिएको गाडी करिब ३ किलोमिटर टाढा फेला पारिएको थियो । स्थानीयले जंगलमा १ बोरा पैसासमेत फेला पारेका थिए ।

प्रहरीका अनुसार लुटपाट योजनाबद्ध ढंगले गरिएको थियो र अन्य फरार लुटेराको खोजी तीव्र पारिएको छ। उनीहरूले वनमा फ्याँकेको अवस्थामा बरामद रकम करिब १ करोड ८० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटना सिन्धुली र आसपासका क्षेत्रमा सुरक्षा संवेदनशीलताको विषय बनेको छ। प्रहरीले लुटपाटमा संलग्न सबै व्यक्तिलाई छिट्टै कानूनी कारबाहीमा ल्याउने जनाएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ०८ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न