झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४१.४३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा झिनो वृद्धि देखिँदा १२५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नेप्सेमा आज भएको सेयर कारोबारमा सुपर मादी हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८ को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा झिनो अंकको सुधार हुँदा ८ वटा समूहको उपसूचक सकारात्मक रह्यो भने ५ वटाको नकारात्मक रह्यो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : १९ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी