सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो « Khabarhub

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने निश्चित भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपास्थित बैठक हलमा संस्थापन पक्षीय नेताहरूलाई बुधबार दिउँसो ब्रिफिङका क्रममा उनले अब पार्टी जोगाउन नसकिने बताएका हुन् ।

‘अब पार्टी फुटमा जाने करिब निश्चित भएको छ’, उनले ब्रिफिङबारे त्यहाँ उपस्थित एक नेताले भने, ‘महामन्त्रीहरूले आगामी निर्वाचनपछि प्रधानमन्त्री घोषणा, सभापति शेरबहादुर देउवाजीको राजनीतिबाट सन्यास र प्रतिनिधि सभाको टिकट वितरणका लागि हाईकमान्ड बनाउने कुरा छोडेनन्। अरू सबै माग पूरा हुने गरी सहमति भइसकेको थियो । तर यी तीन कुरामा सहमति हुन सकेन।’

त्यसैगरी सानेपामै देउवानिकट अर्का नेता रमेश लेखकले प्रतिनिधि सभाको टिकट कसले सही गर्ने भनेर बोलाउँदा पनि महामन्त्रीहरू तयार नभएको बताएका छन् ।

‘सभापतिजीले सांसका उम्मेदवारको टिकटमा सही पनि तपाईंहरू कसले गर्ने हो गरेर आउनु, म छोडन तयार छु भन्दा पनि महामन्त्रीहरू मानेनन्’, लेखकले सानेपा बैठकमा भने ।

उनले सबै कुरामा धेरै प्रयास गरे पनि, लचकता अपनाउँदा पनि समाधान हुन नसकेको सुनाएका छन् । ‘छलफलले सफलता पाउन सकेको छैन’, उनले भने, ‘सभापतिले हदैसम्म लचक हुँदा पनि कुरा मिल्न सकेन ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३४ बजे

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा