सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो « Khabarhub

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने निश्चित भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपास्थित बैठक हलमा संस्थापन पक्षीय नेताहरूलाई बुधबार दिउँसो ब्रिफिङका क्रममा उनले अब पार्टी जोगाउन नसकिने बताएका हुन् ।

‘अब पार्टी फुटमा जाने करिब निश्चित भएको छ’, उनले ब्रिफिङबारे त्यहाँ उपस्थित एक नेताले भने, ‘महामन्त्रीहरूले आगामी निर्वाचनपछि प्रधानमन्त्री घोषणा, सभापति शेरबहादुर देउवाजीको राजनीतिबाट सन्यास र प्रतिनिधि सभाको टिकट वितरणका लागि हाईकमान्ड बनाउने कुरा छोडेनन्। अरू सबै माग पूरा हुने गरी सहमति भइसकेको थियो । तर यी तीन कुरामा सहमति हुन सकेन।’

त्यसैगरी सानेपामै देउवानिकट अर्का नेता रमेश लेखकले प्रतिनिधि सभाको टिकट कसले सही गर्ने भनेर बोलाउँदा पनि महामन्त्रीहरू तयार नभएको बताएका छन् ।

‘सभापतिजीले सांसका उम्मेदवारको टिकटमा सही पनि तपाईंहरू कसले गर्ने हो गरेर आउनु, म छोडन तयार छु भन्दा पनि महामन्त्रीहरू मानेनन्’, लेखकले सानेपा बैठकमा भने ।

उनले सबै कुरामा धेरै प्रयास गरे पनि, लचकता अपनाउँदा पनि समाधान हुन नसकेको सुनाएका छन् । ‘छलफलले सफलता पाउन सकेको छैन’, उनले भने, ‘सभापतिले हदैसम्म लचक हुँदा पनि कुरा मिल्न सकेन ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३४ बजे

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न