गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन « Khabarhub

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ।

सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त कारबाही गरिएको जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा दिएका हुन् ।

यसअघि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको थियो । तर ती प्रस्तावमध्ये सभापति देउवाले नेतृत्व छाड्न मानेनन् । त्यस्तै आगामी चुनाव पनि नलड्ने कुरा उनले स्वीकार्न मानेनन् ।

चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको चयनले गति लिइरहेको अवस्थामा अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरिएको थियो । तर त्यसमा सहमत नभएको संस्थापनले तीन नेतालाई पार्टीबाटै निष्कासित गर्ने निर्णय सुनाएको हो ।

सहमतिका ती बुँदामा गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार रहने प्रस्ताव अगाडि सारिएको थियो।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३७ बजे

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५