पाँच वर्षे कारबाही सुनेपछि विश्वप्रकाशले सोधे : यी ८ बुँदामा कुनचाहिँ कांग्रेस र देशको अहितमा थिए ? « Khabarhub

पाँच वर्षे कारबाही सुनेपछि विश्वप्रकाशले सोधे : यी ८ बुँदामा कुनचाहिँ कांग्रेस र देशको अहितमा थिए ?


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पाँच वर्षका लागि निष्कासन गरिएका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन् ।

उनले सहमतिका लागि अघि सारिएका ८ बुँदे प्रस्ताव फेसबुकमा राख्दै प्रश्न गरेका छन् । ‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ, त्यसबारे स्पष्ट पारेको छु’, उनले भनेका छन् ।

विश्वप्रकाश शर्माले अगाडि भनेका छन्, ‘मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ। विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’

आठ बुँदा

१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२) विशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्ताव कार्यान्वयन गर्ने
३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, उम्मेदवारी पत्रमा हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनै पनि दलसँग गठबन्धन नगरी नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७) नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गर्न ५ सदस्यीय संरचना गठन गर्ने

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : २६ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध