ब्ल्याक डेकरको वर्ल्डकप योजना : पहिलो चरणको विजेता सार्वजनिक « Khabarhub

ब्ल्याक डेकरको वर्ल्डकप योजना : पहिलो चरणको विजेता सार्वजनिक


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी ब्रान्ड ब्ल्याक डेकरले ग्राहकका लागि सञ्चालित ‘पावर योर होम’ उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा पहिलो चरणका लागि एकजना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

यस पहिलो चरणमा बूढानीलकण्ठ निवासी नवराज प्रसाईँ विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ । प्रसाईँले नयाँ बानेश्वरस्थित आर वान इलेक्ट्रोनिक्सबाट ब्ल्याक डेकरको एयर फ्रायर खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । यस प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३० बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको