कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा « Khabarhub

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् ।

सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् ।

देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको जानकारी अद्यावधिक गराउने पत्र लिएर पुगेको छ ।

उता विशेष महाधिवेशन पक्ष देउवा नेतृत्वले दाबी गरेको केन्द्रीय कार्यसमिति आधिकारिक नभएको भन्दै पत्र लिएर पुगेको हो ।

दुवै पक्षले लिएर गएको पत्र अहिले आयोगले अध्ययन गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ५३ बजे

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको