तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून « Khabarhub

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को बक्स अफिस भिडन्तको यात्रा सुरु भएको छ ।

माघ १ गतेबाट अर्थात बिहीबारबाट प्रदर्शनमा आउन लागेका यी तीन फिल्मका लागि देशभरका हलहरुले अग्रिम टिकट बिक्री र शो संख्या भाग लगाइसेका छन् ।

यी तीनमध्ये पहिलो दिन बिहीबारका लागि सबैभन्दा बढी शो ‘मिरमिरे’ले पाएको छ । नायकद्वय दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा रहेको यस फिल्मले ११८ भन्दा बढी शो पाएको छ ।

त्यस्तै, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र नायिका वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’ले १०३ भन्दा बढी शो पाएको छ ।

यी मध्ये सबैभन्दा कम शो पाउने फिल्म ‘भाइरल गोर्खे’ले ९९ शो पाएको छ । यस फिल्ममा नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेका छन् ।

समग्रमा यी तीनै फिल्मले पाएको पहिलो दिनको शो संख्या न्यायपूर्ण हो । ‘शो कम दिएको’ भन्दै मेकरहरुले हलसँग गुनासो गर्दै आएको अवस्था यी तीनै फिल्मले बराबर जस्तै शो पाएका छन् । यी फिल्मका मेकरहरुले हलसँग गुनासो गर्ने स्थान छैन ।

माघे संक्रान्तिको सार्वजनिक बिदाको उपभोग गर्ने उद्देयले प्रदर्शनमा आएका यी तीनै फिल्मको प्रि–बुकिङ न्यून देखिएको छ । धेरै जसो शो खाली रहेकाले यसलाई निराशजनक बुकिङ मान्न सकिन्छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : २५ बजे

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको