लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ « Khabarhub

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका चार जना चालकलाई आज पक्राउ गरेको छ ।

ट्राफिक सप्ताह–२०८२ का अवसरमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौँको शीतापाइला क्षेत्रमा आज दिउँसो गरिएको सवारीसाधन जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेका चार जना चालकलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिइएको छ । जसमा तीन जना यात्रुवाहक बसका चालक र एक जना भाडाको ट्याक्सी चालक छन् । उनीहरूको नाम अहिले गोप्य राखिएको छ ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले आज १८ वटा सवारीसाधनका चालकलाई चेकजाँच गर्दा चार जना चालकले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाएको पुष्टि भएपछि उनीहरूलाई तत्काल पक्राउ गरिएको प्रवक्ता सुवेदीले बताए ।

प्रवक्ता सुवेदीले भने, “सवारीसाधन चलाउँदा चालक पूर्ण रूपमा सचेत र स्वस्थ हुनु अत्यावश्यक हुन्छ । लागुपदार्थ सेवन गरी सवारी चलाउनु यात्रु, पैदलयात्री तथा अन्य सवारी चालक सबैका लागि गम्भीर जोखिम हो । त्यसैले यस्तो कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गरिन्छ ।”

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि उनीहरूमाथि प्रचलित कानुनअनुसार मुद्दा प्रक्रिया अघि बढाइने प्रवक्ता सुवेदीले जानकारी दिए ।

पछिल्लो समय ट्राफिक दुर्घटनाका प्रमुख कारणमध्ये मदिरा तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु पनि एक रहेको भन्दै ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष निगरानी र नियमित जाँचलाई तीव्र बनाएको छ ।

ट्राफिक सप्ताह–२०८२ अन्तर्गत चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम, विद्यालय तथा सार्वजनिकस्थलमा ट्राफिक शिक्षालगायत विविध कार्यक्रम सञ्चालन भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रवक्ता सुवेदीले यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुको सुरक्षाप्रति विशेष जिम्मेवार बन्न आग्रह गर्दै लागुपदार्थ तथा मदिरा सेवन नगरी सवारी चलाउन पुनःअनुरोध गरेका छन् । साथै, यात्रुहरूलाई पनि शङ्कास्पद अवस्था देखिएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति