लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ « Khabarhub

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका चार जना चालकलाई आज पक्राउ गरेको छ ।

ट्राफिक सप्ताह–२०८२ का अवसरमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौँको शीतापाइला क्षेत्रमा आज दिउँसो गरिएको सवारीसाधन जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेका चार जना चालकलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिइएको छ । जसमा तीन जना यात्रुवाहक बसका चालक र एक जना भाडाको ट्याक्सी चालक छन् । उनीहरूको नाम अहिले गोप्य राखिएको छ ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले आज १८ वटा सवारीसाधनका चालकलाई चेकजाँच गर्दा चार जना चालकले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाएको पुष्टि भएपछि उनीहरूलाई तत्काल पक्राउ गरिएको प्रवक्ता सुवेदीले बताए ।

प्रवक्ता सुवेदीले भने, “सवारीसाधन चलाउँदा चालक पूर्ण रूपमा सचेत र स्वस्थ हुनु अत्यावश्यक हुन्छ । लागुपदार्थ सेवन गरी सवारी चलाउनु यात्रु, पैदलयात्री तथा अन्य सवारी चालक सबैका लागि गम्भीर जोखिम हो । त्यसैले यस्तो कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गरिन्छ ।”

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि उनीहरूमाथि प्रचलित कानुनअनुसार मुद्दा प्रक्रिया अघि बढाइने प्रवक्ता सुवेदीले जानकारी दिए ।

पछिल्लो समय ट्राफिक दुर्घटनाका प्रमुख कारणमध्ये मदिरा तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु पनि एक रहेको भन्दै ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष निगरानी र नियमित जाँचलाई तीव्र बनाएको छ ।

ट्राफिक सप्ताह–२०८२ अन्तर्गत चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम, विद्यालय तथा सार्वजनिकस्थलमा ट्राफिक शिक्षालगायत विविध कार्यक्रम सञ्चालन भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रवक्ता सुवेदीले यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुको सुरक्षाप्रति विशेष जिम्मेवार बन्न आग्रह गर्दै लागुपदार्थ तथा मदिरा सेवन नगरी सवारी चलाउन पुनःअनुरोध गरेका छन् । साथै, यात्रुहरूलाई पनि शङ्कास्पद अवस्था देखिएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : १९ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय