जर्मनीले पाकिस्तानमा रहेका ४ सयभन्दा धेरै अफगान शरणार्थीलाई पुनर्स्थापना गर्ने « Khabarhub

जर्मनीले पाकिस्तानमा रहेका ४ सयभन्दा धेरै अफगान शरणार्थीलाई पुनर्स्थापना गर्ने


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीले पाकिस्तानमा रहेका ४ सयभन्दा धेरै अफगान शरणार्थीलाई पुनर्स्थापना गर्ने भएको छ । मानवीय भर्ना कार्यक्रमअन्तर्गत महिनौँको अनिश्चितता तोड्दै जर्मनीले यस्तो घोषणा गरेको हो ।

यसै क्रममा जर्मनीले पछिल्लो पटक ३२ जना अफगान शरणार्थीलाई जर्मनी पुर्‍याएको छ । जर्मनीको दैनिक अखबार डे वेल्टका अनुसार जर्मनीको आन्तरिक मामिला मन्त्रालयले अरु ४ सय १ जना पुनर्स्थापना हुने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबानको सरकार आएपछि जर्मनील मानवीय भर्ना कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यस कार्यक्रममार्फत् जर्मनीले अफगानिस्तानमा कार्यरत पत्रकार, मानव अधिकार रक्षक र पूर्व कर्मचारीलाई पुनस्र्थापना गर्ने लक्ष्य राखिएको छ ।

यसमध्ये ३६० जना पत्रकार तथा मानव अधिकार अभियन्ता र जर्मन संस्थानमा काम गर्ने ५० जना पूर्वकर्मचारी छन् । जर्मन अधिकारीहरुले यीमध्ये अफगानिस्तान फर्किन चाहनेहरुलाई आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ५२ बजे

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह