जर्मनीले पाकिस्तानमा रहेका ४ सयभन्दा धेरै अफगान शरणार्थीलाई पुनर्स्थापना गर्ने « Khabarhub

जर्मनीले पाकिस्तानमा रहेका ४ सयभन्दा धेरै अफगान शरणार्थीलाई पुनर्स्थापना गर्ने


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीले पाकिस्तानमा रहेका ४ सयभन्दा धेरै अफगान शरणार्थीलाई पुनर्स्थापना गर्ने भएको छ । मानवीय भर्ना कार्यक्रमअन्तर्गत महिनौँको अनिश्चितता तोड्दै जर्मनीले यस्तो घोषणा गरेको हो ।

यसै क्रममा जर्मनीले पछिल्लो पटक ३२ जना अफगान शरणार्थीलाई जर्मनी पुर्‍याएको छ । जर्मनीको दैनिक अखबार डे वेल्टका अनुसार जर्मनीको आन्तरिक मामिला मन्त्रालयले अरु ४ सय १ जना पुनर्स्थापना हुने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबानको सरकार आएपछि जर्मनील मानवीय भर्ना कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यस कार्यक्रममार्फत् जर्मनीले अफगानिस्तानमा कार्यरत पत्रकार, मानव अधिकार रक्षक र पूर्व कर्मचारीलाई पुनस्र्थापना गर्ने लक्ष्य राखिएको छ ।

यसमध्ये ३६० जना पत्रकार तथा मानव अधिकार अभियन्ता र जर्मन संस्थानमा काम गर्ने ५० जना पूर्वकर्मचारी छन् । जर्मन अधिकारीहरुले यीमध्ये अफगानिस्तान फर्किन चाहनेहरुलाई आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ५२ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि